सुनको मूल्यमा सामान्य वृद्धि


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम थियो । तेजाबी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । बिहिबार चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया