मन्त्रिपरिषद्‍को बैठक दिउँसाे १ बजे बस्‍ने, होला त चुनावको घोषणा?


काठमाडौँ- मन्त्रिपरिषद्‍को बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकले प्रतिनिधि र प्रदेशको निर्वाचन मिति ताेक्ने सम्भावना छ। हिजो गठबन्धनको बैठकले आउँदाे मंसिर ४ का लागि चुनाव तोक्न सरकारलाई आग्रह गरेको थियो। सोही निर्णयबमोजिम आजको मन्त्रिपरिषद् बैठकले मिति तोक्ने सम्भावना छ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग परामर्श गरिसकेका छन्।

उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए।

 

प्रतिक्रिया