

ताइवानबाट पेलोसीले भनिन्– निरङ्कुशतन्त्र रोज्ने कि लोकतन्त्र ?

काठमाडौं- चीनको चेतावनीकाबीच ताइवान झरेकी अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसी विश्वले अहिले निरङ्कुशतन्त्र र लोकतन्त्रबीच छनोटको सामना गरिरहेको बताएकी छन् ।
उनले ताइवानका दुई करोड ३० लाख नागरिकसँग अमेरिकाको ऐक्यवद्धता रहेको पनि बताएकी छन्। उनले ताइवानको लोकतन्त्रका लागि अमेरिको साथ निरन्तर रहने बताएकी छन्।
ताइवान भ्रमणले इन्डो प्यासिफिक क्षेत्रको सम्बन्ध थप बलियो हुने बताएकी छन्।

