

‘केपी ओलीले गरेका बदमासीलाई लुकाउँदा ठूलो दुर्घटना गराए’

बर्दिया – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली मदन भण्डारी फाउन्डेशन अध्यक्ष जस्तै सानो गुटको नेता भएको दाबी गरेका छन् ।
ओली पार्टी एकीकरण लगायतमा कुनै योगदान नभएकाले ओली सानो गुट उन्मुख भईरहेको नेपालले बताए । गुलरियामा भएको नेपाल कम्युनिस्ट पार्टीको वृहतकार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार माधवकुमार नेपालले सम्बोधन गर्दै ओलीलाई धुन्धकारीको संज्ञा दिए ।
झापा आन्दोलनको स्मरण गर्दे पार्टीमा पंक्तिमा विभिन्न किसिमका बाधा अड्चन गरेर रुवाईरहेको उनको भनाई छ । ‘घरका केटा केटी बिठ्याई गर्दा लुकाएर राखेजस्तै गरी केपी ओलीले गरेका बदमासीलाई जहिल्यै लुकाउँदा ठूलो दुर्घटना गराए’, उनले भने । ओलीले आफु खुशी काम गरेर, जनताका समस्यालाई बेवास्ता गर्दा सिंगो मुलुक अफ्ठ्यारोमा परेको उनले जिकिर गरे ।
ओलीको अराजक, निरंकुश कार्यशैलीको विरोध गर्दा संसद बिघटन गरेर कम्युनिस्ट सक्नका लागि संसद बिघटन गरेको वताए । कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गरेको आरोप समेत लगाए । कार्यक्रममा नेता वर्षमान पुनले ओली अवैधानिक प्रधानमन्त्री भएको वताए ।

