
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
यसअघि शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो।



कागजपत्र |
