२ सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुखकै भरमा


काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै पनि गैरकानुनी रूपमा २ सयभन्दा बढी स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई नै जिम्मेवारी दिँदै आएको छ।

सामान्य ले शाखा अधिक त दरबन्दी रहेका १ सय ३० स्थानीय तहमा ‘कन्फर्म शाखा अधिकृत’लाई नपठाएर ‘जुनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।

तीमध्ये अधिकांश कर्मचारी स्थानीय तहमा समायोजन भएर गएका अहेब तथा कृषि, शिक्षा, स्वास्थ्य, भेटेनरी सेवाका खरिदार तथा सुब्बा स्तरका कर्मचारी छन्। त्यस्तै, उपसचिव दरबन्दी रहेकामध्ये १ सय २५ स्थानीय तहमा कन्फर्म’को साटो निमित्तका रूपमा अधिकहरूलाई जिम्मेवारी दिइएको छ। जबकि, सिंहदरबारमा दर्जनौँ उपसचिव अझै पनि जिम्मेवारी नपाएर बरन्डामा समय बिताउन विवश छन्।

प्रतिक्रिया