राष्ट्रिय मगर संघको सभापतिमा दिनेश थापामगर


काठमाडौं – नेपाली कांग्रेस भातृ संस्था, लोकतन्त्रवादी मगरहरुको साझा संगठन नेपाल राष्ट्रिय मगर संघ, केन्द्रीय सभापति दिनेश थापा मगर चयन भएका छन् । कार्य समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकबाट थापामगर केन्द्रीय सभापतिमा सर्वसम्मत चयन भएका हुन् ।

नेपाली कांग्रेसमा लामोसमयदेखि विभिन्न जिम्मेवारीमा रहेका थापामगर नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागको निवर्तमान सचिव हुन् ।

नेपाल राष्ट्रिय मगर संघको संस्थापक सचिव, महासचिव, उपसभापति हुदै सभापति चयन भएका थापामगरले सभापति चयन भए पश्चात् लोकतन्त्रमा आस्थावान मगर समुदायलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफ्नो भुमिका केन्द्रित हुने बताए साथै निर्धारित समयमा नै राष्ट्रिय महाधिवेशन गरि नेतृत्व हस्तान्तरण गर्ने प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया