कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुनु हुँदैन : महामन्त्री थापा


काठमाडौं – सांसद गगन थापाले कुनै पनि सैन्य गठबन्धनमा नेपाल सहभागी हुन नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा बोल्दै सांसद थापाले कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै होइन कहिल्यै पनि सहभागी हुन नहुने बताएका हुन् ।

उनले भने, ‘कुनै पनि सैन्य गठबन्धनमा आज मात्रै सहभागी हुने होइन । भविष्यमा पनि कहिल्यै सहभागी हुँदैनौँ । कुनै पनि स्वरूपको सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ । चाहे भारतले गरेको होस् चाहे अमेरिकाले गरेको होस् । चाहे चीनले वा अरू कसैले गरेको होस् । मैले बुझेको नेपालको राष्ट्र हित यसैमा निहित ।

उनले के नेपाल सरकारको बुझाइ यो भन्दा फरक छ भन्दै माननीय मन्त्रीज्यूलाई सोध्न चाहन्छु भन्दै प्रश्न गरे। उनले भारत रचीनरअमेरिकालगायतका सम्पूर्ण देशहरूसँग मित्रवत् सम्बन्ध राख्नुपर्ने बताए । शक्ति राष्ट्रहरूको बिचमा कुनै पनि खालको सङ्घर्ष भए पक्ष विपक्षमा लाग्न नहुने उनको भनाइ छ।

प्रतिक्रिया