अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्दै


काठमाडौँ- नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार राजनीतिक भेटवार्ता गर्दै छन्। बिहीबार काठमाडौँ आइपुगेका लुले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन्।

सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने निर्णय गरेको केही समयपछि लु काठमाडौँ आएका हुन्। गत असार ६ को मन्त्रिपरिषद् बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेको थियो तर यसबारे अमेरिकालाई पत्राचार गरिएको छैन।

लु एमसीसी पास गर्नु अघि पनि नेपाल आएका थिए। लुले अमेरिकी विदेशमन्त्रीद्वारा वार्षिक रूपमा प्रदान गरिने ‘अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ नेपालस्थित अमेरिकी उत्पादनकर्ता कम्पनी पूर्णालाई बिहीबार साँझ प्रदान गरेका छन्।

प्रतिक्रिया