सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला


काठमाडौं। सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री नभएको १ लाख २१ हजार ६० कित्ता थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ।

बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ। यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।

साउन १७ गतेसम्म आईपीओका लागि आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरे साउन २७ गतेसम्म आवेदन दिने समय थप गरिनेछ।

आईपीओमा सी–आस्बा सदस्य रहेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ। साथै, मेरो सेयर वेबसाइट र एपमार्फत पनि आवेदन दिन सकिनेछ। यो आईपीओ विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आईएस’ रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावाटको ‘दरम खोला ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

प्रतिक्रिया