एकैदिन थपिए ७१० कोरोना संक्रमित, २ को मृत्यु


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा ७१० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएका ५०२५ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा २१५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै गत २४ घन्टामा कोरोना संक्रमणबाट २ जनाले ज्यान गुमाएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा ५९ हजार ४ सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेको अवस्थामा देशभर ४ हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया