अमेरिकी सहायक विदेशमन्त्री लू आज नेपाल आउँदै


काठमाडौं– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदै छन्। लू आज साँझ नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले स्रोतले जानकारी दिएको छ।

नेपालमा रहँदा उनले उच्च राजनीतिक भेटवार्ता गर्ने स्रोतको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएसँगै उनको भ्रमण हुन लागेको हो। यसअघि एमसीसी सम्झौता अनुमोदन हुनुअघि पनि लूले नेपाल भ्रमण गरेका थिए।

नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही समयपछि उनी नेपाल भ्रमणमा आउन लागेका हुन्। उनी नेपाल भ्रमणमा आउने विषय सार्वजनिक भइरहँदा आज संसदीय समितिले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई नपठाउनुको कारण सरकारसँग माग गरेको छ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपीमा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरे पनि हालसम्म अमेरिकालाई पत्र नलेखेको भन्दै पत्र नलेख्नुको कारण माग गरेको हो।

प्रतिक्रिया