युक्रेनमा ४० जना विदेशी सैनिकलाई मारेको रुसको दाबी


काठमाडाैं – रुसको वायुसेनाले युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेका ४० जना विदेशी सैनिकहरूलाई आक्रमण गरी मारेको रुसी रक्षा मन्त्रालयले मंगलवार जनाएको छ ।

युक्रेनको ५९औं मोटराइज्ड डिभिजनमा रहेका ७० प्रतिशतभन्दा बढी सेनालाई सखाप पारेको र त्यही क्रममा विदेशी सैनिकहरू पनि मारिएको रक्षा मन्त्रालयको भनाइ छ ।

त्यसबाहेक डोनत्स्क क्षेत्रमै थप युक्रेनका ७० लडाकू र हातहतियार गोदाम पनि आक्रमणमा ध्वस्त भएको रुसले जनाएको छ ।

प्रतिक्रिया