समाचारको करेसाबारीबाट…


भनिन्छ– यदि पत्रकारिता ठिक छ भने यो निर्विवाद हुँदैन, यसको चरित्रले । तर हामी कमसे कम विवाद आउने, जनहित र कल्याणका निम्ति नै अगाडि बढ्ने गन्तव्यमा उत्रिएका छौं । हामी खरो पनि छौं, खँदिलो पत्रकारिताको लय पनि समात्नेछौं । www.kagajpatra.com आम मानिसको डिजिटल समाचारीय माध्यम बनाउने गतिमा हुनेछ ।

समाचारको नैतिकता जनताको अभिलासा र सूचनामाथि बलियो पहुँच हो । हामी त्यो नीतिगत बाटोलाई पाइला पाइलामा समातेर अगाडि बढ्नेछौं । यो यस्तो मौलिक समाचारीय करेसाबारी हुनेछ कि सबैका आवाजले सही स्थान र मौका पाउनेछन् ।

हात हातमा रहेका डिजिटल डिभाइसमा देशका कुना काप्चाका कथा, विश्वका महत्वपूर्ण र प्रभाव छाड्ने सूचनाको समन्वय हाम्रो कर्तव्य हुनेछ । देशले राजनीतिक विषयबस्तुलाई महत्व दिने तर गैरराजनीतिक विषयले पारेको प्रभावलाई शून्य जस्तै ठान्ने प्रचलन जस्तो बनेको पत्रकारिता होइन, यी निरन्तरताको भंग गराउने कर्ममा जुट्नेछौं ।

नेपाली पत्रकारितामा डिजिटल माध्यमले फड्को मार्न थालेको छ । जनताले अबको विश्वलाई डिजिटल माध्यमबाट नै चिहाइरहेका कारण त्यो नजर हामीमा पनि पर्नेछ र त्यसको उत्तरदायित्वमा कति सबल सफल हुन सक्छौं भन्ने परिक्षा दिन उत्रिएका हौं ।

अतः अनेक विषयलाई एक प्ल्याटफर्ममार्फ जनता, जिम्मेवार निकाय र हर नागरिकको हातसम्म पुग्ने कर्मको यो थालनीमा जुट्दा कतिपय प्राविधिक कमजोरी हुन सक्नेछन् । तिनमा सुझावको अपेक्षा अनिवार्य हुने अपेक्षासहित यो गन्तव्यले आम मानिसको आवाजलाई प्रमुख ठानेको हाम्रो मान्यता छ ।

प्रतिक्रिया