चिकित्सक लाइसेन्स परीक्षा फागुन दोस्रो सातामा


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ।

मेडिकल काउन्सिलले आइतबार सूचना जारी गर्दै माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने जानकारी दिएको हो। फागुन ९ र १० गते ५९ औँ चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।

‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।

अनलाइन आबेदन फाराम भर्ने र बुझउने व्यवस्था चौबिसै घण्टा खुल्ला गरिएको पनि सुचनामा उल्लेख छ ।

प्रतिक्रिया