कोरोनाबाट विदेशमा ३ सय १९ नेपालीको मृत्यु


काठमाडाैं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा  १ जना र साउथ अफ्रिकामा १ जनाको  मृत्यु भएको हो । यससँगै विदेशमा कोरोनाबाट मृत्यु हुनेकाे नेपालीको संख्या  तीन सय १९ पुगेको हो । हालसम्म कोरोनाबाट विदेशका २० मुलुकमा नेपालीकाे मृत्यु भएकाे छ ।

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न  ५० देशमा रहेका ५४ हजार ५ सय ९१ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, साउथअफ्रीका लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ ।  

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ९ सय ५४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६७ हजार ५६ जना छ भने  २ लाख ६१ हजार ४४  जना अर्थात ९७.८ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।  

प्रतिक्रिया