
स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना
काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ अस्पताल भर्ना भएका छन्। मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वकिय सचिव मनोज लिम्बूले जानकारी दिए।
वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना गरिएको बताए।
उनका अनुसार मन्त्री खापुङको अहिले वीरको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ। ‘उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ,’ डा बस्नेतले भने, ‘जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।’



कागजपत्र |
