

प्रचण्ड र माधव कम्युनिष्ट आन्दोलनका गद्दार : शंकर पोखरेल

सुर्खेत – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा एमालेबाहेक अन्य दलहरु वास्तविक लोकतन्त्रवादी नभएको दावी गरेका छन् ।
शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यदि नेपालमा वास्तविक लोकतन्त्रवादी छन् भने एमालेहरू मात्रै भएको दावी गरे ।
‘हिजो प्रचण्ड र माधव नेपालले एमाले विभाजन गरेपनि जनताको नेतृत्व गर्न नसक्ने समयले पुष्टि गरिसकेको छ,’ उनले भने । उनले माधव नेपाल र प्रचण्ड कम्युनिष्ट आन्दोलनका गद्दारहरू भएको बताए ।
महासचिव पोखरेल भने, ०४५ सालदेखि माओवादीको नेतृत्व गरिरहेका प्रचण्ड अहिलेसम्म आफ्नो ठाउँमा पुग्ने हाराहारीमा पार्टीभित्र नेता जन्मिएको छैन भन्नुहुन्छ । त्यो उहाँको भ्रमपूर्ण तर्क हो ।’

