

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दैछ।
बैठक दिउँसो १ बजे धुम्बाराहीस्थित एसआर ब्यांक्वेटमा बस्ने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बैठकमा समसामयिक राजनीति अवस्था, पार्टीको संगठन सुदृढीकरण, आउँदै गरेको प्रदेश तथा संघीय संसदको चुनावको तयारी तथा रणनीतिबारे छलफल हुने प्रवक्ता श्रेष्ठले बताए। दोस्रो चरणको आन्दोलनको मोडालिटी लगायत विविध विषयमा पनि छलफल हुने बताइएको छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति प्रतिवेदन पेश गर्नेछन्। दुईदिन बस्ने बैठकले राजनीतिक प्रतिवेदन पारित गर्नेछ।

