प्रचण्ड गर्मीका कारण बेलायतमा रेल सेवा अवरुद्ध


लन्डन – तातो हावाका कारण देशभर प्रचण्ड गर्मी बढेपछि बुधबार तेस्रो दिन पनि रेल सेवा अवरुद्ध भएको छ ।

सम्भावित दुर्घटनालाई दृष्टिगत गरी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिन तत्पर रहेका अग्नि नियन्त्रकहरूमात्र होइन सर्वसाधारणले पनि राहत अनुभूत गरे जब आकाशमा बादल लाग्यो र केही बेरको वर्षाले शीतल गरायो ।

जङ्गलमा आगलागीका सम्भावित घटनालाई दृष्टिगत गरी तैनाथ रहेका अग्नि नियन्त्रकले राहत महसुस गरे पनि लन्डन–एडिनबरा रेलमार्गका सूचना सङ्केतलगायत संरचना गर्मीका कारण बिग्रँदा रेलका कर्मचारी भने तिनको मर्मतसम्भारमा व्यस्त रहनुपरेको छ ।

मङ्गलबार भने उनीहरू दोस्रो विश्वयुद्धपछि पहिलो पटक अति व्यस्त भएका थिए विभिन्न ठाउँमा लागेको आगो निभाउन ।

आगोले लन्डनका ४१ वटा सम्पदा ध्वस्त पारेका मेयर सादिक खानले बताएका छन् । वायुमण्डलमा धुवाँको बादल फाटेको छैन ।

बेलायतमा मात्र नभई युरोपेली देश फ्रान्स, पोर्चुगल, स्पेन र ग्रिसमा पनि प्रचण्ड गर्मी भइरहेको छ ।

बेलायतसहित ती देशको मङ्गलबारको तापक्रम ४३ डिग्री सेल्सियसभन्दा माथि थियो ।

प्रतिक्रिया