
भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी
दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ ।
दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत–चीन कोर्प्स कमाण्डर स्तरको १६औं चरणको बैठक भारततर्फको चुसुल–मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो ।



कागजपत्र |
