

पछिल्लाे २४ घण्टामा थप ६ जनाको मृत्यु, २४० जनामा कोरोना संक्रमण

काठमाडौं – पछिल्लाे २४ घण्टामा थप ६ जनाकाे काेराेनाबाट मृत्यु भएकाे छ भने थप २४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार नेपालमा काेराेनाबाट एक हजार नाै सय ५४ जनाकाे मृत्यु भएकाे छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ४७७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९५४पुगेको छ। त्यस्तै हालसम्म २३१ जना क्वारेन्टिनमा रहेका छन् । हालसम्म २० लाख ८ हजार ९४४ जनाको पीसीआर परिक्षण गरिएको छ ।

