काभ्रेमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


काभ्रे – रोशी गाउँपालिका–११ डालाबेसीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।

दुर्घटनामा चालक सिन्धुलीको मझुवा गाँउपालिका ५ का १९ वर्षीय मिलन मग्रातीको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार मृतकका दाइ २१ वर्षीय प्रेमबहादुर मग्रातीको सोही अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ७० प ४१८२ नम्बरको मोटरसाइकल गएराति साढे २ बजे सडक डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया