निर्माणाधीन मुलपानी रंगशालाको अनुगमन, तीव्रगतिमा काम गर्न मन्त्री गहतराजकाे निर्देशन


काठमाडौं – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधीन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गरेका छन् ।

निरीक्षणका लागि सोमबार बिहान मुलपानी पुगेका मन्त्री अथकले निर्माणाधीन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

आगामी २ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडि बढाउन निर्देशन दिँदै मन्त्री अथकले गुणस्तरीयतका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरीक्षणमा पुगेका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेल प्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताए ।

अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरूसँग भेटघाट गरी उनीहरुको हौसला समेत बढाएका थिए ।

प्रतिक्रिया