काठमाडौँ महानगरको प्रवक्ता बने मानन्धर


काठमाडौं- काठमाडौं महानगरपालिकाको प्रवक्तामा वडा नम्बर १७ का वडाध्यक्ष तथा सूचना प्रविधि समितिका संयोजक नविन मानन्धर नियुक्त भएका छन्।

महानगरको छैटौँ कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्तामा नियुक्त गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले जानकारी दिए।

यसअघि महानगर प्रवक्तामा ईश्वरमान डंगोल थिए। वैशाख ३० मा सम्पन्न निर्वाचनदेखि महानगर प्रवक्ताविहीन थियो।

प्रतिक्रिया