

एमालेको प्रस्टीकरण : एम अधिकारी गभर्नर हाेइन

काठमाडौं – नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारी गभर्नर नरहेको स्पस्टीकरण दिएको छ ।
एमालेको अर्थ विभागका सदस्य एम अधिकारी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै आलोचना भइरहेका बेला एमालेले बिहीबार यस्तो स्पष्टीकरण दिएको हो ।
आफ्नो नाम जोडर प्रचार भइरहेको भन्दै गभर्नर महाप्रसाद अधिकारीले एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखी आफू कुनै पनि पार्टीको सदस्य रहने कुरा सोच्नसमेत नसकिने बताएका छन् ।
उक्त पत्रको जवाफमा एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको र सरकारी सेवामा रहेकालाई पार्टीको कुनै विभागमा राख्ने नीतिसमेत नरहेको बताएका छन् ।
स्पष्टीकरण पत्रमा एम अधिकारी गभर्नर होइनन् भनिएपनि अरु केही बताइएको छैन । पार्टीको कार्यकर्ता गभर्नर हुन नसक्ने भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतले गर्भनर अधिकारीको राजीनामा मागिरहेका छन् ।

