

एमालेबाट उपसभामुखमा विद्या भट्टराई उम्मेदवार

काठमाडौं – नेकपा एमालेले उपसभामुखमा विद्या भट्टराईलाई अगाडि सारेको छ ।
भोलि उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।
एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले एमालेबाट उपसभामुखको उम्मेदवार विद्या भट्टराई भएको जानकारी दिए ।
तर यस भन्दा अघि एमालेले उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने निर्णय नगरेको थियाे ।

