

उपसभामुखमा साना दललाई सघाउने एमालेकाे निर्णय

काठमाडौं – प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको उपसभामुखमा साना दलले उम्मेदवार दिए उसैलाई सघाउने भएको छ । उम्मेदवारी नपरेमा तत्काल निर्णय गरेर आफ्नो उम्मेदवारी दिइने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।
नेम्वाङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीकी चन्दा चौधरीले उपसभामुखमा उम्मेदवारी दिने भनेकाले एमालेले आफ्नो उम्मेदवारी निर्णय नगरेको हो । चौधरीलाई नै सघाउने सम्भावना रहेको नेम्वाङले बताए ।
प्रतिनिधिसभाको उपसभामुखका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ । सत्ता गठबन्धनको तर्फबाट काँग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराइसकेकी छन् ।

