
प्रचण्ड किन जाँदैछन् दिल्ली?, मोदीसँग पनि भेटको चाँजोपाँजो मिलाउँदै दूतावास
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।
राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए। तर कहाँ, को-को सँग प्रचण्डले भेटवार्ता गर्नेछन् भन्ने तालिका आइसकेको छैन।
भारतमा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने काठमाडौंस्थित भारतीय दुतावास स्रोतले जनाएको छ।
स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटवार्ताको चाजोपाँजो मिलाइँदैछ। यस भ्रमण बारे दुवै पक्षले औपचारिक जानकारी गराएका छैनन्।
प्रचण्डको भारत भ्रमण अगाडि नै प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा पनि दिल्लीमा नै छन्।



कागजपत्र |
