कांग्रेस बैठकमा मन्त्रीको कार्यशैलीप्रति प्रश्न उठेपछि आज जवाफ दिँदै


काठमाडौँ- नेपाली कांग्रेसबाट मन्त्री भएकाहरूले सरकारमा भएका कामकाजबारे आज पार्टी बैठकमा जवाफ दिने भएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीका मन्त्रीले गरेको कामको विवरण माग भएपछि देउवाले मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका हुन्।

केन्द्रीय सदस्यहरूले बैठकमा सरकारमा रहेका मन्त्रीहरूले अहिलेसम्म केके काम गरे जानकारी चाहियो भनेका थिए।

‘पार्टीबाट सरकारमा मन्त्री भएकाहरूले आज जवाफ दिनुहुनेछ,’ केन्द्रीय सदस्य रामहरि खतिवडाले भने, ‘आज मन्त्री र पदाधिकारीले जवाफ दिनुहुनेछ।’

नेता प्रकाशमान सिंहले जनताले सरकारले गरेको कामको सन्तोषजनक अनुभूति गर्न नसकेको बताएपछि देउवाले  मन्त्रीहरूलाई जवाफ दिन निर्देशन दिएका थिए।

आज मन्त्रीसँगै पदाधिकारी र केही नेताले बोल्ने कार्यसूची छ।

प्रतिक्रिया