
शशी श्रेष्ठलाई संवैधानिक इजलाशमा प्रधानन्यायाधीश राणाले भने– भयो नकराउनुस्!
काठमाडौं– प्रतिनिधि सभा विघटनमा रिट निवेदकका तर्फबाट बोलेकी नेकपा नेत्री शशी श्रेष्ठलाई शुक्रबारको संवैधानिक इजलाशका क्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले रोकेका छन्।
श्रेष्ठले न्यायालयको स्वच्छन्दतामाथि प्रश्नसहित चार जना न्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेको अपुष्ट प्रसङ्ग उठाउँदै बोलेको बोलै गरेपछि प्रधानन्यायाधीश राणाले भने,‘भयो नकराउनुसु, यस्ता कुरा नगर्नुस््।’
विभिन्न मिडियाले प्रधानमन्त्री ओलीसँग न्यायाधीशहरू दिपक कार्की र मिरा खड्काले २६ पुसमा तथा हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले २७ पुसमा भेट गरेको भन्ने सुन्नमा आएको भन्दै श्रेष्ठ जंगिएकी थिइन्। यो सुनेपछि प्रधानन्यायाधीश राणाले भने,‘यस्ता कुरा नगर्नुस्।’



कागजपत्र |
