

जसपा विवाद : बाबुरामको बैठक काठमाडौँमा, उपेन्द्रको वीरगञ्जमा

काठमाडौँ– जनता समाजवादी पार्टी(जसपा)का कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव समूहको बैठक आजबाट मधेश प्रदेशको पर्साको वीरगन्जमा बस्दैछ।
यादव बैठकका लागि हिजै वीरगन्ज पुगिसकेका छन्। वीरगन्जको बैठकको लागि वरिष्ठ नेता अशोक राई पनि पुगिसकेका छन्। काठमाडौँमा मंगलबारबाट जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई समूहको बैठक जारी छ।
बाबुरामले जसपा नफुट्ने तर यादवसमूहले एकलौटी गरेकाले आफूहरूले बैठक बोलाएको बताएका छन्। यादव समूहले जसपाको आधिकारिक बैठक वीरगन्जको बैठक रहेको बताएको छ।
यादव समूहको बैठक भोलिसम्म चल्ने छ भने भट्टराई समूहको बैठक भने आजै सकिने कार्यसूची छ।

