फ्रेन्चाइजी लिग नेपाल टी-२० लाई आइसीसीको मान्यता


काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले संचालन गर्न लागेको टी-२० फ्रेन्चाइजी लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले मान्यता दिएको छ । क्यानले आइसीसीले मान्यता दिएसँगै नेपाल टी-२० प्रतियोगिता हुने सुनिस्चित भएको जनाएको छ ।

क्यानका अनुसार यो प्रतियोगिता सेप्टेम्बर २० देखि अक्टोबर २२ सम्म काठमाडौँमा हुने छ । क्यानले नेपाल टी-२० प्रतियोगिताका लागि भारतीय कम्पनि सेवेन ३ स्पोर्ट्सलाई साझेदार नियुक्त गरेको छ ।

क्यानले अन्य निजि लिगलाई प्रतिबन्ध लगाएर आफैले टी-२० लिग गर्न लागेको हो । क्यानको यो निर्णयमा निजि लिग संचालकहरु विरोधमा छन् र उनीहरुले सर्वोच्चमा मुद्धा समेत दायर गरेका छन् ।

प्रतिक्रिया