काठमाडौंमा खोलाले चालकसहित मोटरसाइकल बगाएपछि…


काठमाडौं – काठमाडौंको लाजिम्पाटस्थित निल सरस्वतीस्थानबाट टुकुचा खोलाले चालकसहित मोटरसाइकल बगाएको छ ।

वर्षाका कारण नदिमा बहाव बढ्दा बागमती प्रदेश-०२-०१३ प २५८८ नम्बरको मोटरसाइकल चालकसहित बगाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ।

धापासी घर भएका २१ वर्षका मोटरसाइकल चालक सुरज अर्याललाई सकुशल उद्दार गरिएको छ । बगाएको मोटरसाइकल फेला नपरेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया