एकैदिन थपिए १६८ नयाँ संक्रमित, थप ३७ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप १६८ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अघिल्लो दिन गरिएको ३०२० नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ३७ जना संक्रमणमुक्त भएका छन् । नेपाल अहिलेको अवस्थामा ७७० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ३५ हजार ४ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया