
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति साउनको पहिलो साता घोषणा हुन्छ : गगन थापा
ललितपुमा सोमबार आयोजित कार्यक्रममा उनले ४ र ५ साउनमा बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मितिबारे निर्णय गर्ने जानकारी दिएका हुन् ।
आउने निर्वाचनका लागि तयारीमा छुट्न निर्देशन दिँदै महामन्त्री थापाले मतदातालाई मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यमा पनि सहजीकरण गर्न बताए ।
निर्वाचन आयोगले २ मंसिरमा एकैचरणमा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरिसकेको छ ।



कागजपत्र |
