आज नामिबियासँग खेल्दै नेपाल


काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियाको सामना गर्दै छ। स्कटल्याण्डको काम्बस्डून न्यु ग्राउण्डमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।

यसअघि आइतबार भएको खेलमा नामिबिया स्कटल्याण्डसँग ७७ रनले पराजित भएको थियो। सात टोली सम्मिलित लिगको शीर्ष तीनमा पर्ने टोलीले सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन्।

नेपाल लिगमा १६ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा छ भने एक खेल कम खेलेको नामिबियाले १४ अंक जोडेको छ।

प्रतिक्रिया