

निवास छोडेर भागेका श्रीलंकाका राष्ट्रपति राजापाक्षले जुलाई १३ मा राजीनामा दिने

एजेन्सी- श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले राजीनामा दिने भएका छन्। प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएका हुन्।
उनी जुलाई १३ मा राजीनामा दिन सहमत भएको सभामुख महिन्दा यापा अभयवर्धनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका छन्। शनिबार बेलुकी आकस्मिक बैठक बोलाएर उनले जनताको सुरक्षाका लागि आफू राजीनामा दिन तयार रहेको बताएका हुन्।
शनिबार हजारौँको सहभागीमा भएको प्रदशर्नले राष्ट्रपतिको निवास कब्जामा लिएको थियो।

