श्रीलंकामा सरकारी निवास कब्जा भएपछि भागे राष्ट्रपति, प्रधानमन्त्रीले दिए राजीनामा


कोलम्बो-श्रीलंकामा जारी विरोध प्रदर्शनबीच आन्दोलनकारीले राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका छन्। कब्जा गरेलगत्तै राजापाक्षे राष्ट्रपति भवनबाट भागेका छन्। राजापाक्षे कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन। उनी श्रीलंकामा छन् वा देश छाडेर गए छन् भन्ने खुलेको छैन।

यसैबीच प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्। यहाँ आन्दोलनकारीले उनको निजी घरमा आगजनी गरेका छन्।

राजीनामा दिनुअघि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका थिए। श्रीलंकाको संविधानअनुसार सभामुख महिन्दा याप्पा अभयवर्धनेलाई अन्तरिम राष्ट्रपति बनाउने प्रस्ताव राखेका थिए।

प्रतिक्रिया