काठमाडौंमा २७ जनामा हैजा संक्रमण, सरकारले डब्लूएचओसँग माग्यो खोप


काठमाडाैं – काठमाडौं उपत्यकामा २७ जनामा हैजा संक्रमण देखिएको छ ।  कागेश्वरी मनहारामा थप तीन जनामा र ललितपुरको हरिसिद्धिमा एक जनामा हैजा देखिएको हो ।

यो सँगै काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या २७ पुगेको हो । हैजाको संक्रमण फैलिएपछि सरकारले हैजाविरुद्धको खोप दिन डब्लूएचओलाई आग्रह गरेको छ ।

‘खोपको लागि डब्लूएचोलाई आग्रह गरेका छौँ । जवाफ आउन बाँकी छ,’ इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले भने, ‘काठमाडौं ठूलो ठाउँ भएकाले खोपको व्यवस्थापन गर्न कठिन छ ।’

यसअघि गत वर्ष कपिलवस्तुमा फैलिएको हैजा नियन्त्रण गर्न हैजाविरुद्धको खोप ल्याइएको थियो ।

प्रतिक्रिया