आन्दोलन थप सशक्त बनाउन दाहाल-नेपाल समुहको स्थायी समिति बैठक बस्दै


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ।

बैठक बिहान ११ बजेपछि कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुनेछ।

यसअघि माघ २३ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । संसद विघटनविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी र शसक्त बनाउने नेकपाको योजना छ । आजको बैठकमा संसद विघटन विरुद्ध आन्दोलनका थप कार्यक्रमहरु ल्याउने बारे पनि छलफल हुने बताइएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि दाहाल–नेपाल समुह लगातार आन्दोलनमा उत्रिएको छ ।

प्रतिक्रिया