प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई आज पनि


काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि आज (शुक्रबार) पनि सुनुवाइ हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत बुधबार हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीश सपना मल्ल प्रधानलाई राखेर त्यसअघिको इजलासमा नै रहेका न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलास गठन गरेका थिए ।

बुधबार इजलास पुनर्गठनसँगै सुरू भएको सुनुवाइमा पनि उक्त मुद्दालाई संवैधानिक इजलासमा सुनुवाइ गर्ने वा बृहत् पूर्ण इजलासमा भन्ने विवादले निरन्तरता पाएको थियो ।

आज मुद्दाको सुनुवाइ कहाँ गर्ने भन्ने क्षेत्राधिकारकै विषयमा बहस हुनेछ । रिट निवेदक १३ मध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएका छन् ।

प्रतिक्रिया