जसपाबाट कहिले छुट्टिँदै छन् बाबुराम भट्टराई?


काठमाडौँ- पार्टीभित्र उपेन्द्र यादवको एकलौटी चल्न थालेपछि अर्का पक्ष नेता डा बाबुराम भट्टराई अलग्गिने सोचमा छन्। पार्टीका संघीय परिषद् अध्यक्ष रहेका भट्टराई पार्टीबाट अलग्गिन महत्वपूर्ण समय कुर्दैछन्।

उनी यसका लागि आफू निकट कार्यकर्ताको समन्वयमा छन्। केही दिनअघि पार्टीका कार्यकारी अध्यक्ष यादवसँग बैठकमा पनि अलग हुने सहमति भएको थियो। पछिल्ला पार्टीगत गतिविधिमा यादवको छत्रराज चलेको छ।

यादव समन्वय बिना नै चलेको भट्टराईको गुनासो छ। पछिल्लो मन्त्रिपरिषद् हेरफेरमा पनि यादवले एकलौटी गरेका थिए। यसमा पनि भट्टराईले आपत्ति जनाएका छन्। अब पार्टी फुटमा ल्याउनका लागि पनि भट्टराईसँग संसद् नहुने अवस्था छ।

संविधानत पार्टी फुटाएर अर्को निर्माण गर्न ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य हुनुपर्छ। तर भट्टराई अल्पतमा छन्। भट्टराईनिकट केही निकट नेतालाई यादवले मन्त्री नियुक्त गरेर नजिक बनाएका छन्।

यता पार्टी अर्का नेता अशोक राई पनि केही समयअघि सम्म भट्टराई निकट थिए। यादवको आश्‍वासनपछि उनले पनि भट्टराईको साथ छाडेका छन्। अन्य महत्वपूर्ण नेताले पनि भट्टराईकाे साथ छाडेका छन्।

भट्टराईको अबकाे बाटो संघर्षपूर्ण छ। उनी पार्टीबाट निस्किने निश्‍चित भए पनि कति संख्या लिएर निस्किने भन्ने दाेधार छ। पछिल्ला दिनमा जसपा नेताका गुट हेरफेरले अझै बाबुराम अल्पमतमा पर्ने देखिन्छ।

अहिले भट्टराई दोसाधमा छन्। पार्टीभित्र संघर्ष गर्ने वा विद्रोह गर्ने भन्ने दोधारमा रहेको उनका निकटका नेताहरु बताउँछन्। यसकै समन्वयका लागि भट्टराईले बैठक बोलाएका छन्। पार्टीभित्र विवाद बढ्दै जाँदा भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन्।

असार २९ र ३० गते काठमाडौँ बस्ने गरी बैठक बोलाइएको हो। यसअघि उपेन्द्र यादव पक्षले असार २७ र २८ गतेका लागि वीरगञ्जमा बस्ने गरि बैठक बोलाएको थियो।

यादवले बोलाएको बैठकमा भट्टराई पक्ष सहभागी हुने छैन। .बाबुराम पक्षीय नेता गंगा श्रेष्ठले विस्तारित बैठकले आवश्यक रणनीति तय गर्ने बताए।

प्रतिक्रिया