माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु, यस्तो छ कार्यसूची


काठमाडौं — नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

प्रज्ञा भवन कमलादीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन् ।

अध्यक्ष प्रचण्डको अनुसार नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने छ ।

प्रचण्डले बैठकका एजेण्डामा थप्ने घटाउने केही भए धारणा राख्न प्रचण्डले मौका दिएका थिए । तर सुझाव नआएपछि यी एजेण्डा पास भएको प्रचण्डले जानकारी दिए ।

प्रतिक्रिया