माओवादीले बोलायो केन्द्रीय कमिटी बैठक


काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक आइतबार बस्दैछ। पार्टी कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठकमा संगठनसम्बन्धी प्रमुख कार्यसूची रहेको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिएका छन्।

पटकपटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक आइतबार हुन लागेको हो। केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविधाजन पनि आजको बैठकको कार्यसूचीमा रहेको सचिव ढकालले जानकारी दिएका छन् ।

बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा पनि हुने बताइएको छ। आठ महिनाअघि माओवादी केन्द्रको महाधिवेशन भएको भए पनि पदाधिकारी टुंग्याउन सकेको छैन। आजको बैठकले टुंगो लगाउने बताइएको छ। पदाधिकारीमध्ये महासचिव पदमा माओवादीमा किचलो छ।

वर्षमान पुन र जनार्दन शर्मा दुवै महासचिवका दावेदार हुन्। दुवैजना पछाडि हट्न नसक्दा पदाधिकारी टुंगो नलागेको हो।

प्रतिक्रिया