चट्याङले जुम्लामा ८० भेडा मरे, ३ सय भेडा बेपत्ता


जुम्ला – जुम्लाको पातारासीमा चट्याङ लागेर ८० भेडा मरेका छन् । चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् । ३ सय भेडा हराएका छन् ।

शुक्रबार बेलुकी ३ बजेतिर बागजालेमा परेको चट्याङले पातारासी गाउँपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडा मरेका हुन् । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए ।

प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाका भेडा मरेका हुन् ।

प्रतिक्रिया