काठमाडौं युएनपार्क नजिकै मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


काठमाडौं – काठमाडौंको युएनपार्क नजिकैको पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार राति काठमाडौं महानगरपालिका-१० युएनपुल नजिकै सडकमा मोटरसाइकलले एक पैदलयात्री वृद्धलाई ठक्कर दिएको हो।

बाग्मती प्रदेश ०२ ०२६ प ०६२७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको हो।

उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया