वाग्मतीमा मुख्यमन्त्री गठबन्धनको निर्णय नहुन्जेलसम्म परिवर्तन हुँदैन : नेपाल
काठमाडौं – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धनको निर्णय नहुन्जेल वाग्मती प्रदेशका मुख्यमन्त्री परिवर्तन नहुने बताएका छन् ।
काठमाडौँमा भएको एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनको निर्णयअनुसार अहिलेको संघीय र सबै प्रदेशको सरकारको निर्माण भएको भन्दै नेतृत्व परिवर्तन गर्नु परे गठबन्धनको बैठकबाट हुने बताए ।