काठमाडौंको आर्थिक विधेयक सर्वसम्मत पारित


काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयक सर्वसम्मत पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो ।

आर्थिक विधेयकमा करको दर घटाउनेदेखि दायरा बढाउनेसम्मका विषयहरु छलफल भएको थियो । नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साह ९बालेन०ले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको छ । जसमा आन्तरिक आयतर्फ ११ अर्ब ९५ करोड रुपैयाँ प्रक्षेपण गरिएको छ । आर्थिक विधेयकमा कर, शुल्क दस्तुर सहितका आन्तरिक आयको विषय रहेको हुन्छ ।

प्रतिक्रिया