
कांग्रेसमा देउवाको कार्यशैलीप्रति खबरदारी गर्न शेखर पक्षको बैठक आज पनि
काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ। बिहीबार राजधानीको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक शुक्रबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो।
बिहीबारको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो। १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको भन्दै बैठकमा नेताहरुले असन्तुष्टि जनाएका थिए।
नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन्।
देउवाले स्थानीय चुनाव सकिएको लामो समय भइसक्दा पनि केन्द्रीय समिति बैठक नराखेको, भ्रातृ संस्थामा आफूखुसी नियुक्ति गरेको भन्दै असन्तुष्टि जनाएका थिए।



कागजपत्र |
